विशेष खबर

सिटौला र सिंह टाप, सभापति भेलामा पौडेल समूहको विजोग

काठमाडौं । जिल्ला सभापति भेलाको उपयोग गरेर संस्थापन पक्षलाई सवक सिकाउने तयारी गरेको नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षले आफै सवक सिकेको छ ।

आफ्नो समूहका सभापतिहरुले समेत अर्हाए अनुरुप नबोलेपछि नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायत नेताहरु निन्याउरो मुख लगाउदै हेटौडाबाट काठमाडौं फर्किएका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता पौडेलसंगै सभापतिमा प्रतिष्पर्धा गरेका कृष्णप्रसाद सिटौला पछिल्लो समय देउवाले आफुले भने अनुरुप निर्णय गर्न अरुवीकार गरेपछि पुनः पौडेल गुटको निकट भएका छन् ।

उनै सिटौलाको डिजाइन अनुसार सभापति देउवाविरुद्ध जिल्ला सभापतिहरूको भेलालाई प्रयोग गर्ने रणनीति पौडेल पक्षले बनाएको थियो ।

तर, आफैले दबाब दिएर आयोजना गर्न लगाइएको भेला आफू अनुकूल नहुने देखेपछि समापन नहुँदै पूर्वमहामन्त्री सिटौला र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह निस्किएर काठमाडौं टाप कसे ।

जिल्लाका सभापतिको ‘फिडब्याक’ लिन आयोजना गरिएको भेलामा सिंह र सिटौलाले पार्टी सभापति देउवाको चर्को आलोचना गर्ने तयारी गरेका थिए । तर त्यसमा असफल भएपछि सिटौला र सिंह भेला सकिदासम्म हेटौडा बस्न नसकेको कांग्रेस नेताबीच चर्चा परिचर्चा हुने गरेको छ ।

७५ जिल्ला सभापतिमध्ये ३४  सभापति मात्र संस्थापन पक्षका भएकाले पौडेल पक्षका जिल्ला सभापतिहरूले देउवाको जमेर आलोचना गर्नेमा  सिटौला र सिंह ढुक्क थिए । तर, माहोल त्यस अनुरुप बनेन् । उनको रणनीति विरुद्धको माहोल भेलामा बन्यो ।

भेलामा कञ्चनपुरका सभापति हरि बोहराले भेलाको अपमान गर्ने पूर्वमहामन्त्री सिटौलालाई कारबाही गर्न माग गरे । १४ दिनसम्म केन्द्रीय कार्यसमितिको बैंठकमा नबोल्ने सिटौलाले जिल्ला सभापतिहरुको भेलामा मोरि मेटेर बोल्न खोन्जुको आशय के हो, त्यस विषयमा पार्टी नेतृत्वले अनुसन्धान गरेर कारवाही गर्नु पर्ने उनको तर्क थियो ।

१३औं महाधिवेशनमा  सभापतिपदमा उमेदवार भएकै कारण सिटौलाले पार्टीका हरेक कार्यक्रममा अवसर खोज्दै आफ्नो रणनीतिलाई सफल बनाउन खोज्ने गरिरहेका छन् ।

त्यतिमात्र होइन सिटौलाले हेटौडा भेलालाई पनि आफुले बहिस्कार गरेको समाचारसमेत सम्प्रेषण गर्न लगाएर त्यसको प्रायोजन गर्न समेत भ्याए । आफूहरूले ठाउँ नपाएपछि सिटौला र सिंहले पौडेलसँग असन्तुष्टि पोखेको चर्चा समापनसम्म चलिरह्यो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने