विशेष खबर

अभियान टाइम्स सोह्र वर्षमा


अभियान टाइम्स साप्ताहिक प्रन्ध वर्ष पारगरि सोह्र वर्षमा प्रवेश गरेको छ । पत्रिका प्रकाशन  गर्ने क्रममा आएका विभिन्न आरोह, अवरोहका बीच पनि दुःख,कष्टहरु पार गर्दै उर्जा स्वरुप निरन्तर रुपमा कलम चलाई यहाँ सम्म आइपगेका छौं । संघर्ष र परिश्रमको फल मिठो हुन्छ भने झै हामी यति बेला हर्षित भएका छौं । सोह्र वर्षको प्रवेशसँगै हामीले विगतको दुःख पिडालाई  शक्तिमा बदलेका छौं ।

शुरुमा हाम्रो यात्रा अभियान टाइम्स मासिक रुपमा प्रकाशन गरिएको भएतापनि नेपालमा लोकतन्त्र वहालीपछि साप्ताहिक रुपमा प्रकाशन गर्दै आईरहेका छौं । लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र संविधानको कार्यान्वयनमा हाम्रो मुल उद्देश्य रहेको छ ।

समाजमा हुने गरेका बिकृति, विसंगती र अनियमिताका बिरुद्ध यस पत्रिकाका सम्पादकीय, लेख, रचना, समाचार मार्फत घच्घचाउदै १५ बर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेका छौ ।

बिभिन्न प्रकारका हत्या, हिंसा, महिला सम्बन्धी अन्याय,अत्याचार, अनियमितता र भ्रष्टाचार विरुद्ध निरन्तर उजागर गर्ने अभियानले धेरै भ्रष्टहरुको ढुंग्रो ठोक्ने कार्यमा हामी निरन्तर अग्रसर भइरहेका छौं । पाठकवर्ग लगायतको पुर्ण सहयोगले नै आज हामी बढ्दो मिडियाको बजारमा आफ्नो छुटेटै पहिचान स्थापित भएका छौ ।

हामीलाई यहाँ सम्म पुर्याउन हौसला, सहयोग, माया, प्रेम दिनुहुने हुने सम्पुर्ण पाठक वर्ग, लेख रचना पठाएर सहयोग गर्नुहुने संघ—संस्था, विज्ञापनदाता एवं सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौ ।                                                   प्रकाशक — टुका भण्डारी                  

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने