अर्थ/वाणिज्य

रोयल ट्रेजरको मह यात्रा – २०७३ शुरू हुँदै

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तरगतको हिमालयन डिष्टिलरी प्रालिले ‘रोयल ट्रेजर मह यात्रा –२०

ललितपुर– जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तरगतको हिमालयन डिष्टिलरी प्रालिले ‘रोयल ट्रेजर मह यात्रा –२०७३’ शुरु गर्न लागेको छ । कार्यक्रम यही फागुन १३ देखि २५ गतेसम्म देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
फागुन १३ गते पोखरामा हुनेछ भने, भैरहवामा १४ गते, धनगढी १६ गते, महेन्द्रनगर १७ गते, क्रमशः नेपालगन्ज, बुटवल, सौराहा, चितवन, विराटनगर, विर्तामोड र अन्तिममा धरान २४ गतेका दिन आयोजना हुने विज्ञप्तिमा उल्लेख छ ।
लामो समयपछि गर्न लागेको मह जोडीसहितको उक्त कार्यक्रमले नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाउने तथा सहयोग संकलन गर्ने उद्देश्य रहेको जनाएको छ । उक्त संकलित रकम उद्योगहरुमा कार्यरत कर्मचारीहरुलाई आवश्यक तालिम एवम् छात्रवृत्ति समेत उपलब्ध गराइने योजना रहेको जनाइएको छ ।
देशभर १० शहरमा आयोजना हुने उक्त मनोरञ्जनात्मक कार्यक्रमको नाम ‘रोयल ट्रेजर – मह यात्रा २०७३’ रहेको छ । कार्यक्रमको उक्त समुहमा मह जोडीलगायत अन्य मदनकृष्ण श्रेष्ठ, नरेन्द्र कंशाकार, किरण केसी, शिवहरि पौडेल, मोहित श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारीलगायत रहेका छन् ।
रोयल ट्रेजरको प्रस्तुती रहेको यस मह यात्रा– २०७३ मा होटल संघ नेपालको समेत सहभागिता हुनेछ । नगद संकलन गर्ने उद्देश्य राखिएको यस कार्यक्रमार्फत उठ्ने रकमबाट होटल संघ नेपालको क्षेत्रीय खण्ड अन्तर्गतका अतिथि सत्कार उद्योगहरुको सुधार एवम् उत्थान जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने