अर्थ/वाणिज्य

विराट एक्स्पो भोलिदेखि शुरू

विराटनगर, उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि शुरू हुन गइरहेको कृषि तथा औद्यो


विराटनगर, उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि शुरू हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को अन्तिम चरणमा पुगेको छ ।
सो प्रदर्शनी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।
त्यसै गरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।
उक्त प्रदर्शनीमा वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस्, औद्यौगिक कृषि औजार, सूचना प्रविधि, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री, उत्पादन, कृषि, जडीबुटी उत्पादन र खाद्य पदार्थ बिक्रीका लागि २ सय ५४ वटा व्यापारिक कक्ष राखिने संगठनका अध्यक्ष उपाध्यायले बताए ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटसमेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट ७ हजार ५ सयमा पूर्वी क्षेत्रका हिमाल–कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।
एक सातासम्म जारी रहने सो एक्स्पोमा भारतको विहार, पश्चिम बङ्गाल तथा मुलुक भित्रका समेत गरी ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० देखि ५० करोडको कारोबार हुने विश्वास गरिएको अध्यक्ष उपाध्यायले बताए ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने