अर्थ/वाणिज्य

स्टान्र्डड चार्टड बैंकले पारो सेयरधनीहरु चिन्तामा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी स्टान्र्डड चार्टड समुहद्धारा प्रर्वधित स्टान्र्डड चार्टड बैक नेपालको सेयर मुल्य निकै ने खस्किएको छ । केही बर्षअघिसम्म पनि एक हजार रुपैयाँ भन्दा माथि रहेको सो बैंकको प्रतिकित्ता सेयर मुल्य अहिले घटेर पाँच सय ६ सयको वरिपरि रिंगिरहेको छ ।

बैंकको व्यवस्थापकीय कमजोरीका कारण पछिल्लो समय सो बैंकलाई ठूलो संस्थागत निक्षेपकर्ताहरुले विश्वास गर्न छाडेका छन् । सोही आधारमा पनि बैंकमा स्वदेशी तथा बिदेशी गैर—सरकारी संस्था, बिदेशी दुुतावास एवं दुुतावासमा कार्यरत बिदेशी नागरिकहरुले समेत निक्षेप जम्मा गर्न छाडेका छन् ।

यसको प्रभाव बैंकको निक्षेपमा देखिएको छ । निक्षेप नबढेकाकारण बैकको कर्जा बढ्न सकेको छैन । यसले गर्दा पछिल्ला बर्षहरुमा बैंकको खुद व्याज आम्दानी पनि कम भएको छ ।

प्रत्येक बर्ष बैंकको व्यवस्थापकीय खर्च बढ्दै गएको र त्यसको तुुलनामा बैंकको खुद व्याज आम्दानी कमजोर भएपश्चात खुुद मुनाफा पनि खासै बढ्न सकेको छैन । सोही कारण पनि बैंकले आाफ्ना सेयरधनीहरुलाई सन्तोषजनकरुपमा लाभांस बितरण गर्र्न सकेको छैन् ।

बैैंकको व्यवस्थापनको यही कमजोरीका कारण स्टान्र्डड चार्टड बैंकका स्वदेशी एवं बिदेशी लगानीकर्ताहरु बैंकको सञ्चालन एवं व्यवस्थापन समिती प्रति रुष्ट हुुदै आएका छन् ।

बैंकमा ७० दसमलव २१ प्रतिसत सेयर स्वामित्व स्टान्र्डड चार्टड समुह र बाँकी २९ दसमलव ७९ प्रतिसत सेयर स्वामित्व नेपाली लगानीकर्ताहरुको रहेको छ । पछिल्लो समय बैंकको बित्तीय अवस्था खस्कदैं गएको भन्दै आम लगानीकर्ताहरु बैंकको सञ्चालक एवं व्यवस्थान समितीसंग निकै रुष्ट बनेका छन् ।

प्रतिकृया दिनुहोस