स्वास्थ्य

नेपालमै डाउन सिन्ड्रोमको परीक्षण सुरु

नेपालमा पहिलोपटक गर्भवती महिलामा डाउन सिन्ड्रोमको स्क्रिनिङ परीक्षण सेवा शुरू भएको छ ।

काठमाडौं, नेपालमा पहिलोपटक गर्भवती महिलामा डाउन सिन्ड्रोमको स्क्रिनिङ परीक्षण सेवा शुरू भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण शुरू भएको हो । प्रयोगशालाकी प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. रुना झाका अनुसार फागुन ८ गतेदेखि यो सेवा शुरू भएको हो।
यसअघि स्क्रिनिङका लागि नमूना विदेश पठाउँदा लाग्ने खर्चको झन्डै एक तिहाइ कम खर्चमा नेपालमै सेवा दिन थालिएको थियो । डाउन सिन्ड्रोमको स्क्रिनिङका लागि नेपालबाट बाहिर नमूना पठाउँदा परीक्षण शुल्क ६ हजार रुपियाँसम्म लाग्ने गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने