स्वास्थ्य

यस्तो हुनेछ सजाय...

काठमाडौं, छाउपडी प्रथा, महिनावारी र सुत्केरीमाथि हुने विभेदजन्य व्यवहारलाई अपराधका रुपमा परिभ

काठमाडौं, छाउपडी प्रथा, महिनावारी र सुत्केरीमाथि हुने विभेदजन्य व्यवहारलाई अपराधका रुपमा परिभाषित गर्दै नयाँ कानुन बनाइएको छ ।
संसद्को विधायन समितिले आइतबार पास गरेको मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयकमा छाउपडी, महिनावारी र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र जरिवानाको व्यवस्था राखिएको छ ।
नेपालको फौजदारी कानुनको इतिहासमै पहिलोपटक छाउपडी प्रथा, महिनावारी (रक्तश्राब) र सुत्केरीको समयमा हुने विभेदलाई कसुर घोषित गरिएको फौजदारी संहिता उपसमिति संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त व्यवस्थाअनुसार कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, ३ हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
विधायन समितिले पास गरेको उक्त विधेयक अब संसद्मा पेस हुनेछ । संसद्मा छलफलपछि विधेयक पारित हुनेछ । पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउने छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने