अन्तराष्ट्रिय

प्रथम महिला उपराष्ट्रपति अजरबैजानमा

अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी पत्नी मेहरिबानलाई मंगलबार उपराष्ट्रपति पदमा नियुक्त

बाकु, एजेन्सी, अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी पत्नी मेहरिबानलाई मंगलबार उपराष्ट्रपति पदमा नियुक्त भएको छ । 
पूर्व सोभियत संघ गणराज्य अजरबैजानमा गत सेप्टेम्बरमा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । 
यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैह«नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत भइसकेकी ५२ वर्षीया प्रथम महिला मेहरिबानलाई उपराष्ट्रपति पदमा नियुक्त गरेका हुन् । 
विभिन्न राष्ट्रिय कार्यसूची राखी सम्पन्न सो जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिको पदावधि पनि पाँच वर्षबाट सात वर्ष पु्¥याइएको थियो । 
संबिधानको यस्तो संशोधनबाट अजरबैजानमा वर्तमान राष्ट्रपतिलाई उनको पद पैत्रिक सम्पत्ति वा पेवा सरह बनेको छ । राष्ट्रपति अलिएभले आफ्नो पद सन् २००३ मा आफ्ना पिताको विरासतको रुपमा प्राप्त गरेका थिए । 
पूर्व सोभियत संघबाट अजरबैजान स्वतन्त्र भएपछि उनका पिताले केही वर्ष देशको कम्युनिस्ट पार्टी प्रमुखको जिम्मेवारी बहन गरेका थिए । तत्पश्चात् भएको महानिर्वाचनमा पहिलो राष्ट्रपति बनेर उनले करिब तीन दशकसम्म मुलुकको सत्ता सम्हालेका थिए । 
वर्तमानमा ऊर्जा आपूर्ति तथा सुरक्षाको चासोका मामिलामा पश्चिमी राष्ट्रहरुसँग आफ्नो मुलुकलाई अत्यन्त निकटमा राखी रुसी प्रभावबाट टाढा राख्न ५५ वर्षीय राष्ट्रपति अलिएभ एकदम सफल रहेका छन् । 
फलस्वरुप अजरबैजानमा कुनै अशान्ति वा राजनीतिक अस्थिरता देखा परेको छैन । यद्यपि, मानव अधिकार उल्लंघन वा दुरुपयोग गरेको तथा आफ्ना आलोचक र विरोधीलाई बलजफ्तीपूर्वक थिचोमिचो गरेको आरोपमा उनको सरकारले लामो समयदेखि पश्चिमा राष्ट्रहरुको आलोचना खेप्दै आएकोे छ । 
जनसंख्याको आधारमा सिया समुदायका मुसलमानको बाहुल्यता रहेको अजरबैजान  प्राकृतिक ऊर्जाले धनी मानिन्छ । 
अजरबैजानको संविधानमा उपराष्ट्रपतिमा के कति शक्ति निहित रहने भन्ने स्पष्ट व्याख्या नगरिए पनि उनीसँग मन्त्रिमण्डललाई नियन्त्रण गर्न सक्ने अधिकार हुने अनुमान गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने