अर्थ/वाणिज्य

स्वर्ण जयन्ती मनायो बीमा संस्थानले

पचासौं वर्षको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह आयोजना ग

काठमाडौं, पचासौं वर्षको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह आयोजना गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थाले स्वर्ण जयन्ती मनाएको छ ।
संस्थानका कामु महाप्रबन्धक प्रमोद भट्टराईले विशेष गरेर देशको आर्थिक स्थितिमाथि नपुगेञ्जेल बिमा बजारको विकास हुन नसक्ने बताए ।
गाउँका भन्दा शहरका मानिसले बढी विमा गरेको संस्थानको तथ्यांकले देखाउँछ ।  बिमा गर्दा कम्पनीलाई फाइदा नभएर व्यक्तिलाई फाइदा पुग्ने भए पनि त्यसबापत तिर्नुपर्ने प्रिमियमको व्यवस्थाका लागि आर्थिक अवस्था मजबुत नभएका कारण पनि बिमा व्यापार उकासिन नसकेको महाप्रवन्धक भट्टराईको भनाई थियो । संस्थानले स्वर्ण जयन्तीको अवसरमा वृक्षरोपण, सरसफाई, रक्तदानलगायत विभिन्न कार्यक्रम गरेको छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने