खेलकुद

श्रीराम र सुस्मिता पहिलो

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय


कठमाडौं, काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडको छात्रमा गेट्वे एकेडेमीका श्रीराम रेग्मी र छात्रामा गीताञ्जलीकी सुस्मिता कार्की बुधबार पहिलो भएका छन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सो स्पर्धाको छात्रमा कौटिल्यका आशिष बखुन्छे दोश्रो र विद्या विकासका विजय खरेल तेश्रो भए । छात्रामा गेट्वेकी युनिशा प्रसाईं दोश्रो र ग्लोबलकी देवी कडेल तेश्रो भए ।
एथलेटिक्समै छात्र÷छात्राको २ सय, ४ सय र ८ सय मिटर दौड, सटपुट तथा ज्याभ्लिन थ्रो पनि सम्पन्न भएको छ । कबड्डी र भलिबलको पहिलो चरणका खेल पनि सञ्चालन गरियो ।
प्रतियोगिताको आयोजक समितिकी सदस्य देवी वनले एक कार्यक्रमबीच उद्घाटन गरिन् । पेप्सीकोलाको टाउन प्लानिङ मैदानमा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न २७ विद्यालयका ४ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता सह–संयोजक राम पुडासैनीले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने