विशेष खबर

राप्रपा अध्यक्षमा कमल थापा विजयी

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा भारी मतले विजयी भएका छन् ।

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा भारी मतले विजयी भएका छन् । थापा २८ सय ४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले दुईसय ५१ मत ल्याएका छन् । कुल ३१ सय ३६ मत खसेकोमा त्यसमध्ये ८१ मत बदर हुन पुगेको नेता राजाराम बर्तौलाले जानकारी दिए  ।
अध्यक्ष चयनका लागि आज मतदान भएको थियो भने साँझ नै मतपरिणाम आएको हो । गत मंसिर ६ मा दुई राप्रपाबीच एकीकरण भएसँगै शुक्रबारदेखि राप्रपाको एकता महाधिवेशन भएको थियो । यसैबीच केन्द्रीय सदस्यको निर्वाचन भने भोलि हुने भएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने