विशेष खबर

एमालेको स्वागत

काठमाडौं, तेस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३१ गते चुनावको मिति घोषणा गरेकाले नेकप

काठमाडौं, तेस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३१ गते चुनावको मिति घोषणा गरेकाले नेकपा (एमाले)ले स्वागत गरेको छ ।
जनताको चाहना र भावनालाई सम्मान गर्दै सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य काम भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधानको कार्यान्वयन गर्न निर्वाचनकोविकल्प थिएन, जनता र राजनीतिक दलहरुको चाहना निर्वाचन अब मुलुक चुनावमय हुन्छ ।’
मधेसी मोचाले पनि जनमतको सम्मान गर्दै निर्वाचनको प्रक्रियामा आउने विश्वास व्यक्त गर्दै ‘मधेशी मोर्चाले पनि संविधान मानेर लोकतान्त्रिक विधि र प्रक्रियामाफत् प्रतिस्पर्धामा जानुपर्छ’ –खनालले बताउनुभयो ।
तोकिएकै मितिमा एक साथ निर्वाचन सम्पन्न गराउन सरकारले शान्ति सुरक्षा प्रदान गर्नुपर्ने बताउँदै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापनको काममा आवश्यक पर्ने सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो पार्टी निर्वाचनको वातावरण बनाउनका लागि पर्छ, जनताको चाहनाअनुसार निर्वाचन सफल बताउनुपर्छ’ –खनाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने