मनोरञ्जन

चितवनमा देखियो ‘ए मेरो हजुर २’ को यस्तो दर्शक क्रेज !

काठमाडौं । यहि भदौ १६ गतेलाई रिलिज कन्फर्म गरेको वर्षको प्रतिक्षित फिल्म 'ए मेरो हजुर २' को टिम एतिबेला मोफसल दौडाहामा छ । हेटौंडाबाट पत्रकार भेटघाट र कन्सर्टको थालनी गरेको टिमले विहीबार चितवनमा दर्शकमाँझ साक्षात्कार गरेको छ  ।

चितवनमा पत्रकार सम्मेलन गर्दै दर्शकसँग तिज सेलिव्रेशन गरेका थिए । 'ए मेरो हजुर २' सँग तिज मनाउन सयौं दर्शकको उपस्थिति रहेको थियो । भने दर्शकले फिल्मको टिमसँग 'ए मेरो हजुर २' का हिट गीत गाउँदै रमाईलो गरेका थिए ।

'ड्रिम्स' बाट युवापुस्तामाझ राम्रो क्रेज बनाएकी साम्राज्ञीलाई हेर्न सयौं दर्शकको भिडले नै फिल्मप्रति दर्शकको प्रतिक्षा व्यग्र रहेको स्पष्ट हुन्थ्यो । ‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुँदै राजधानी फर्किनेछ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् । झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व.शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका रहेको थियो । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने