विशेष खबर

१४ राजदूतको सिफासिर

काठमाडौं,  लामो समयदेखि रिक्त रहेको विभिन्न १३ मुलुक र नयाँ खुल्न लागेको स्पेनमा समेत राजदूत सिफ

काठमाडौं,  लामो समयदेखि रिक्त रहेको विभिन्न १३ मुलुक र नयाँ खुल्न लागेको स्पेनमा समेत राजदूत सिफारिसका लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिसमा माओवादीका तर्फबाट ४, राप्रपातर्फबाट ३, फोरम लोकतान्त्रिकबाट १ र नेपाली कांग्रेसका तर्फबाट ६ जना राजदूत परेको छ ।
मन्त्रिपरिषद्ले माओवादीका तर्फबाट युवनाथ लम्साल, डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, महेन्द्र सिंह साउदी अरेयिबा र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारस गरेको छ ।
यस्तै रापप्रका तर्फबाट प्रतिभा राणा जापान, भरतबहादुर रायमाझी स्पेन र निरञ्जन थापा इजरायलसहित फोरम लोकतान्त्रिक तर्फबाट शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसतर्फबाट अर्जुन जंगबहादुर शाही दक्षिण कोरिया, भीम उदास म्यानमार, डा. चोपलाल भुसाल बंगलादेश, प्राडा. विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा युइईका लागि राजदूत सिफारिस गरिएका छन् । 
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने