खेलकुद

बिनोद महर्जनको संयोजकत्वमा  गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ हुने

काठमाडौं । ललितपुरको चापागाउमा दोस्रो बिर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ हुने भएको छ ।

बैशाख १३, १४ र १५ गते देखि हुने उक्त प्रतियोगितामा पुरुष ५०, ५५,  ६०, ६५,  ७० र खुल्ला तौलमा प्रतिस्पर्धा हुने छ । त्यस्तै महिलाको ५०, ५५, ६० र खुल्ला तौल समुहको प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुर्इ जना खेलाडीले १०(१० पाउने छन् ।

त्यस्तै उत्कृष्ट पुरुष एक र महिला एक गरि २५(२५ हजार पाउने छन् भने टिम च्याम्पियन हुनेले रु ५० हजार पाउने पूर्व किक बक्सिङ च्याम्पियन तथा संयोजक बिनोद महर्जनले  बताएका छन् ।

उक्त प्रतियोगितामा सात प्रदेशका कराते, ताइक्वान्दो, उसु, बक्सिङ, फुल कन्त्याक्त कराते, आइ ति एफ, र नेपाल प्रहरी, शसस्त्र प्रहरी,  नेपाली सेनाको टिम गरी २ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहने छन् । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने