खेलकुद

दुई वटा कराते महासंघ मर्ज गरेर एकै बनाउनु पर्छ : सोभित प्रसाईं ,प्रमुख प्रशिक्षक

ललितपुर । नेपाल कराते महासंघ प्रमुख प्रशिक्षक सोभित प्रसाईले बर्तमान कराते महासंघ परिवर्तनको आवश्यक रहेको बताउनु भएको छ। अहिले दुई वटा कराते महासंघ रहेकोले अन्योल फैलिएको बताउनु भएको हो । दुई वटै महासंघले खेलाडीहरुको भविश्य माथी खेलवाट गरेको बताउनु भएको छ ।

दुई वटालाई मर्ज गरेर एकै बनाउनु पर्नेमा उहाँले जोड दिनुभएको हो । त्यस्को लागी आफुले पहल गरि रहेको पनि बताउनु भएको छ ।

अहिले दावा गुरुङ र पुरेन्द्र लांखे कराते महासंघर र सितोरियो कराते संघ दुइ वटैले  हत्याउने होडबाजी चलाई रहेका छन्। यदि त्यसो हो भने यो उनिहरुको दिवा सपना मात्र रहेको प्रमुख प्रशिक्षक प्रसाईको ठम्याई रहेको छ ।

यदि राजनिती शक्तिको भरमा संघ र महासंघ  हत्याउने दाउमा नलाग्न पनि राजनीतिक दललाई पनि आग्रह गर्न चाहन्छु ,उहाँले भन्नुभयो । करातेमा यी दुई जनाको कुर्सि लडाईले पनि नेपालमा करातेको स्तर  घट्दै गएको प्रमुख प्रशिक्षक प्रसाईले स्कीकार्नु भएको छ । स्मरण रहोस् २०५६ साल नेपालमा  भएको आठौ सागमा करातेले १४ वटा स्वर्ण पदक हासिल गरी इतिहास रचेका थिए ।

अब के होला ?
वास्तवमा यो महत्वपुर्ण प्रश्न हो । अब के होला रु असाध्यै चिन्ताको विषय हो । हामी अब चुप लागेर बस्दैनौं। यिनिहरु खेलाडीहरुको हक हित भन्दा पनि आफ्नो स्वार्थमा लागेको आरोप प्रस्टै देखिन्छ ।

हामी करातेमा आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा खेलाडीको हकहितको साथै खेलाडीको भबिस्यबारे सोच्ने ब्यक्तिको खोजिमा छौं। अहिले सम्म खेलकुद परिषद र कराते महासंघले गर्न नसकेको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष तथा करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीन कृष्ण महर्जनले खेलकुद परिषद र कराते महासंघलाई नै च्यालेन्जकोरुप आफ्नो जन्मथलो चापागाउमा राष्ट्रिय कराते प्रतियोगिता गर्नुभएको थियो । उक्त प्रतियोगितामा खेलाडीहरुलाई खेलकुद परिषद्ले पनि दिन नसकेको सुबिधा दिइएको थियो ।

उक्त प्रतियोगितामा तत्कालिन समयमा प्रधानमन्त्रीबाट उद्घाटन र उपप्रधानमन्त्रीबाट समापन गरिएको थियो। हामीलाई मीन कृष्ण महर्जन जस्ता अग्रजहरुको खाँचो छ । हामीलाई आफ्नो स्वार्थ पुरा गर्ने झुण्डहरु चाहिएको छैन् उहाँले थप्नुभयो ।

खेलाडीहरुको सुबिधा र खेलाडीहरुका  हकहितको लागी सोच्ने ब्यक्ति कराते महासंघ आवश्यक रहेको प्रमुख प्रशिक्षक प्रसाईको भनाई छ। अहिले खेलकुद परिषद्ले कराते महासंघ बिघटन गर्ने कुरा बाहिर आएको छ ।

यदि गलत ब्यक्ती कराते महासंघले ल्याए त्यस्को परिणाम नराम्रो हुने र देशभरी आन्दोलन गर्ने प्रमुख प्रशिक्षक प्रसाईले बताउनुभएको छ। स्मरण रहोस् नेपालमा दुई महासंघ रहेको छ। एउता राष्ट्रिय मान्यता प्राप्त अर्को अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको छ । राष्ट्रिय मान्यता प्राप्त अध्यक्षमा दावा गुरुङ छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त पुरेन्द्र लांखे रहेका छन्।  अभियान टाइम्स साप्ताहिक प्रतिनिधिसँगको कुराकानीमा भने । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने