राष्ट्रिय

टुक्रदै, जोडिदै र टुक्रदै गएका तीन राप्रपा

काठमाडौं । मुलुकमा प्रजातन्त्र नआउदै पञ्चायती बनेर मुलुकमा रजाई चलाएका पूर्व राजावादीहरुले २०४६ सालमा बुहदल आएपछि पनि कहिले कता कहिले मिल्दै आफ्नो स्वार्थ बटुली रहे । तर, प्रतिनिधिसभा निर्वाचन अघि पार्टी फुटाएर छुट्टाछ्ट्टै चुनावमा लड्दा सफाया भएपछि पुनः जुट्ने तयारी गरेका छन् । टुक्रदै, जोडिदै र टुक्रदै गएका तीन राप्रपा फेरि एक हुनका लागि बार्ता गरिरहेका छन् ।

तिनै दलका नेताहरुबीच एकीकरणको बारेमा अनौपचारिक छलफल चलिरहेको बताइन्छ । एकताका बोलचाल बन्द गरेका कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अहिले फेरी बोल्न सुरु गरेका छन् ।

एकीकरणको लागि प्रयासमा एकमात्र राप्रपा महामन्त्री सांसद राजेन्द्र लिंगदेन राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठ र एकिकृत राप्रपा राष्ट्रवादीका नेता गणेश शेरचन लागेको सुत्रहरुले बताएका छन् । निकटस्थ स्रोतका अनुसार पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोर्न बाध्य भएको सबैले अनुभव गरेपछि पुनः आफ्हरुको शक्ति फर्काउन एक न एक दिन मिल्नै पर्ने निष्कर्षमा तीनै नेता पुगेका छन् ।

तर, सबैलाई पार्टी  नेतृत्व नै चाहिने र दोश्रो पुस्तामा नेतृत्व सुम्पन नचाहेका कारण एकीकरण हुन्छ नै भन्न सकिने अवस्था छैन् । 
पार्टी फुटिरहदा कार्यकर्ता तितरवितर भएकाले अहिले तिनै पार्टीमा नेतामात्रै छन् ।

कार्यकर्ता विनाको पार्टी एकिकरण गरेर कार्यकर्ताको पार्टी बनाउनका लागि लाग्न पर्ने भएकाले धेरैले त्यसमा आफु सक्षम भएको भन्दै नेतृत्व र पदाधिकारीको दावी गरिरहेका बताइन्छ । तर, अहिलेका तीनै जना अध्यक्षलाई छाडेर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सभापति बनाएर पार्टी एकिकरण गर्ने तयारी पनि भइरहेको एक नेताले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने