विशेष खबर

सर्भर दिल्लीमा, यसकारण ओरालियो एभरेष्ट र एसवीआईको साख

काठमाडौं । मालपोत, नापी कार्यालयहरुमा राखिएका नेटसर्भर दिल्लीबाट नियन्त्रण हुन थाले । नागरिकता, लाइसेन्सका सर्भर पनि दिल्ली तिरैबाट हेरिन थालियो । सरकारको ध्यान कता छ ? नेपाल एसवीआई बैंक र एभरेष्ट बैंकको सर्भर दिल्लीमा छ भने अन्य बैंकहरुको सर्भर पनि दिल्ली नियन्त्रणमा गएका छन् । यसकारण डेविड, क्रेडिट कार्डहरु सबै दिल्लीबाट आउन थालेका छन् ।

आन्तरिक ब्यवस्थापनका कारण भित्रभित्रै थलिदैँ गएको एभरेष्ट बैंकका सीइओ सोमेश्वर सेठका कारण दिनप्रतिदिन बैंकको साख ओरालो लाग्दो रहेको छ ।

चाकडि र चाप्लुसी गर्ने केहि कर्मचारीको निर्देशनमा बैंकको आर्थिक अवस्था ओरालो लाग्दो भएको बैंक कर्मचारीहरु बताउँछन् । यतिमात्र होइन, सांसद, सभासद, मन्त्री प्रधानमन्त्री, राष्ट्रपति लगायत संवैधानिक निकायका प्रमुखहरुको बैंक खाता सबै एसवीआई र एभरेष्ट बैंकमार्फत कन्ट्रोल हुन थालेका छन् ।

यसको अर्थ नेपालको गोप्य सूचनाहरु सबै दिल्ली नियन्त्रित हुन थालेका छन् ।  नेपालीले चलाउने फेसबुक, इमेलसमेत दिल्लीबाट फिल्टर हुन थालेका छन् ।

नेपालको आन्तरिक सुरक्षाका लागि यो भन्दा डरलाग्दो खबर अरु केही हुन सक्दैन । नेपालको आफ्नै लगानीको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक छन् तर सिंहदरवारभित्र एभरेष्ट बैंक खुलेको छ, दुई थान एटीएम मेसिन पनि राखिएको छ । राष्ट्रिय बैंकहरु सिंहदरवारतिर टोलाएर बसेका छन् ।

नेपाल सरकारको निर्णय नै भएको छैन, कसले निर्णय ग¥यो, गत सेप्टेम्बरमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदीले एटीएम मेसिन उद्घाटन गरेका थिए । पहिले पहिले संसदका आर्थिक कारोवार राबा बैंक सिंहदरवार शाखाबाट हुने गरेको थियो, अब सिंहदरवार शाखामा सामान्य नागरिकको मात्र कारोवार हुन थालेको छ ।

यसैबीच कर कार्यालय, अन्तशुल्कका सर्भर पनि दिल्ली नियन्त्रित छन् । कर अशुल गर्ने बैंक समेत एभरेष्ट बेंकले ८० शाखामा काउण्टर खोलेर सुविधा दिएजस्तो गरी सम्पूर्ण करदाताको खातापाता, कारोवारमा समेत दिल्लीको आँखा परेको छ । अब हाम्रो गोप्यता भन्ने केही रहेन ।


पासपोर्ट थियो, त्यसको ठेक्का पनि विदेशीले लिएको छ र उसले सूचना जसलाई पनि बेच्न सक्छ । एभरेष्ट र एसवीआई बैंकमा केही प्रतिशतमात्र शेयर भारतीयको छ तर नेपालका सबै सूचनाहरु दिल्लीमा पुग्ने गरेका छन् । अब हाम्रो बाँकी के रह्यो ?


सीइओ  सेठ भारतीय पञ्जाब नेशनल बैंकको बढुवामा असक्षम भएपछि नेपालमै अया जमाएर बसेका छन् ।  

त्यसैगरि बैंकका डिजिएम राजेश गौतमको नालायकी पनले पनि बैंक दिनप्रतिदिन ओरालो लाग्ने क्रममा रहेको छ । चियरम्यान बिके श्रेष्ठलाई चाकडी पुर्याएकै भरमा तिन बर्षे असफल कार्यकाल सकिए पनि अझै समय अबधि लम्ब्याएर उनले राइदाइ मच्चाउने सुर कसेका थिए । न्यूज अभियान र अभियान टाइम्सले उनका कर्तुतहरु प्रकाशित गरे पछि उनलाई भने समयमै बाईबाई गरिएको छ । 


महिला कर्मचारीसँग अनैतिक सम्बन्ध गाँसेको भन्दै उनको भित्रभित्रै चर्को आलोचना भएको थियो । त्यसैगरि अर्का डिजिएम राजिब जैन भारतीय पञ्जाब नेशनल बैंकको बढुवा कार्यतालिकामा सामेल समेत भएनन् । उता एसवीआई बैंकका सिइओ अनुकौल भातनगर र डेपुटी सिइओ सोभाकान्त कानुङ्योका कारण खराब कर्जा चुलिदैँ गएको छ । बैंकको लोनमा कमिशन मोह बढ्दै गएपछि यस्तो अवस्था आएको एसवीआई बैंक स्रोतले अभियान टाइम्सलाई बताएको छ । 


यति ठूलो जोखिम नेपालहरुको रकमा बैंकले किन उठाइरहेको छ ? यसमा जिम्मेवार को ? ओली आफूलाई नेपालको राष्ट्रवादी मै हुँ भन्छन् यही हो ओली नेतृत्वको सरकार र राष्ट्र बैंकको राष्ट्रवाद ? एभरेष्ट र एसवीआई बैंक भित्र बदमासी चुलियो तर लगाम लगाउने को ? लगानीकर्ता निक्षेप कर्ताको निन्द्रा हराम भएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने