विशेष खबर

देउवा दङ्ग ! के चखाए  शशांकलाई ? 

काठमाडौं । गएको स्थानिय र प्रतिनिधि शभामा नेपाली कांग्रेस नराम्ररी थलियो । लामो समयदेखि सत्ताको चास्नी चुस्दै आएको कांग्रेस यतीबेला थचक्क भएपछि नेताहरु एक आपसमा दोषारोपणमै ब्यस्त छन् । अब आफु कसरी बलियो हुने भन्ने कांग्रेस शिर्षहरुको तानातानले विवाद चुलिएको छ । चुनावमा पार्टीले पराजय भोगेपछि आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला दङ्ग छन् । 

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनिएका महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो पक्षमा पार्न सफल भएसँगै देउवाले पौडेललाई टेर्न छाडेका हुन् । देउवाले के खुवाए शशांकलाई ! उल्टै खनिए पौडेल माथी यसै भन्छन् कांग्रेसी केन्द्रिय नेताहरु । सभापति देउवाले महामन्त्री शशांकलाई के आश्वासन दिए । पौडेल समुहलाई नमान्ने भन्दै
 शशांक सो गुटबाट पन्छिए ।

महामन्त्री शशांक कोइराला एकाएक बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् । 
उनले नेता पौडेललाई आवेगमा नआउन समेत चेतावनी दिए । रामचन्द्र पौडेल छागाँबाट खसे जस्तै भएका छन् । डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारेका छन् । पछिल्लो समय नेता कोइराला पार्टी सभापति देउवाप्रति अलिक बढि नै नरम बनेका छन् । तर, आफ्नै गुटका नेता पौडेलप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । कतिसम्म भने कोइरालाले पौडेललाई सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।


कांग्रेस निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कोइराला नेता पौडेलसँग दुरी बढाएर देउवासँग नै नजिक हुन थालेका छन् । १३ औँ महाधिवेशनमा पौडेल समुहबाट महामन्त्रीमा विजयी भएका कोइरालालाई आगामी महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएर देउवाले आफ्नो समुहमा ल्याएका हुन् ।


चुनावमा पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नेतृत्वको कमजोरी औँल्याउँदै सभापति देउवाको राजिनामासमेत मागिएको थियो । तर देउवाले चलाखीपूर्ण तरिकाले बाँकी दुई वर्षको कार्यकाल सहज रुपमा पूरा गर्नका लागि कोइरालाको सहयोग मागेर आफू १४ औँ महाधिवेशनमा सभापतिको दाबी नगर्ने बाचा गरेका हुन् ।


शशांकले पनि देउवाको सहयोगमा सभापति बन्ने सम्भावना देखेपछि पौडेलसमुह छोडेका हुन् । शशांकले छोडेपछि पौडेल समुह कमजोर बन्ने देखिएको छ । त्यसो त शशांकको राजनीतिक भविश्य पनि त्यती सहज छैन् । पार्टी भित्र सबै भन्दा बढि प्रभाव भएका तत्कालिन प्रभावशाली नेता खुमबहादुर खड्कालाई त देउवाले उपशभापति दिन्छु भनि भनि घाममा सुकाइदिए । शशांकलाई के बाँकी राख्लान एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने । 


सभापति देउवाले पदाधिकारी मनोनयन गर्न खोज्दा पौडेल पक्षले दुई महिनाभित्र गर्नुपर्ने मनोनयन दुई वर्षपछि गर्दा विधान विपरित हुने भन्दै विरोध गर्दा महामन्त्री शशांकले भने देउवाको समर्थन गरेका थिए ।


देउवाको बाँकी दुई वर्षको सभापतिको कार्यकालमा समर्थन गरे अर्कोपटक आफू सभापति बन्ने शशांकको दाउ रहेको छ । उता, देउवाले अब आफ्नो राजनीतिक भविश्य नदेखेपछि श्रीमती र छोरालाई अघि सार्ने दाउ तयार पारिरहेका छन् । श्रीमती आरजुलाई आउँदो महाधिबेशनमा पदाधिकारी बनाएर विमलेन्द्र नीधि र बालकृष्ण खाँडहरुलाई साइजमा ल्याउने ध्याउन्नमा रहेको समाचार स्रोत बताउँछ । 

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने