विशेष खबर

किन हटाइए सिण्डिकेट हटाउने भट्टराई ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले ४ जेठमा नेपालमा रहेको सार्वजनिक सवारी साधनको सिण्डिकेट हटाउन महत्वपूर्ण भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफ्नो स्वार्थ अनुरुपको काम नगरेपछि हटाएको तथ्य बाहिर आएको छ ।

सबैले सिण्डिकेट कायम राख्नलाई भट्टराईलाई विभागबाट सरुवा गरिएको अड्कल काटेपनि चुरो कुरो भने अर्कै रहेको स्रोतले बतायो । स्रोतका अनुसार मन्त्री महासेठले भट्टराईलाई एउटा काम अह्राएका थिए ।

त्यो काम थियो, उनका गाउका व्यक्ति ठेकेदार रोशन गुग्ताले बंगालादेशबाट मोटरसाइकलको आधिकारीक  डिलर नेपाल ल्याउन चाहेको र त्यसको बातावरण प्रदुषण पास गरिदिनु पर्ने । तर, नियमसंगत नमिलेको भन्दै भट्टराईले बंगालादेशी मोटरसाईकलको आधिकारिक डिलरका लागि दिइएको बातावरण प्रदुषण मूल्याङ्कन सम्वन्धि पत्र ठाडै इन्कार गरिदिए । त्यसपछि मन्त्रीलाई ठेकेदार गुप्ताले तारन्तार त्यो काम गर्दिन भनेपछि सजिलो उपाय अपनाए, भट्टराईलाई मन्त्रालयमा तानेर आफुले भनेको मान्ने व्यक्तिलाई महानिर्देशक बनाउने । 


त्यही अनुरुप मन्त्री महासेठले भट्टराईलाई सरुवा गरेपछि अहिले उनको चर्को आलोचना भइरहेको छ । गुप्ताको रोशन कन्ट्रक्सन प्रा.ली. नामको कम्पनि छ । त्यो कम्पनिले जनकपुरको चक्रपथ निर्माण गरेको थियो । उनी कांग्रेस उपसभापति विमलेन्द्र नीधिका पनि विश्वास पात्र हुन् । अहिले महासेठका सबैभन्दा नजिकका व्यक्ति बनेका छन् । 

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी माग्दा मन्त्री महासेठले त्यही बताएको ओलीको सचिवालय स्रोतले जानकारी दियो । आफु निकटका कर्मचारी भट्टराईलाई सम्पत्ति सुद्धिकरण विभागको महानिर्देशक बनाएर पठाउने तयारी गरेको उनी निकट स्रोतले बतायो । 

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने