विशेष खबर

नेपाल कम्युनिष्ट पार्टी भित्र खैलाबैला, कोही खिस्स कोही हिस्स !

काठमाडौं । एमाले र एमाओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो । तर नेपाल कम्युनिष्ट पार्टी बनेको हप्ता दिन नकाट्दै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी भित्र खैलाबैला मच्चिएको छ ।  केन्द्रिय सदस्यहरुको सपथ ग्रहण गरेको चौंथो दिनमै जेट हाक्ने भनिएका अध्यक्षद्धय केपी ओली र प्रचण्ड तनावमा परे  ।


नेपाल कम्युनिष्ट पार्टीको महासचिव जिम्मा लिएर दङ्ग परेका विष्णु पौडेल र माधव नेपाल बाहेक एमाले खेमाका बरिष्ठ नेता ओलीसँग रुष्ठ भएका छन् । दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएको छ । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षद्धय भिम रावल, युवराज ज्ञवाली ,महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवाली लगायतको असन्तुष्टीका कारण नेकपाभित्र विवाद बढेको हो । यो विवाद चर्किएको छ मिलाउन निकै गाह्रो छ एक नेताले अभियान टाइम्स प्रतिनिधिसँग भने ।

एकतापछिको बरियातामा एमालेमा हुँदा आफूभन्दा तल रहेका माधवकुमार नेपाललाई अहिले अगाडि लगिएकोले खनाल रुष्ट बनेका छन् । तत्कालिन एमालेको निर्वाचित महासचिव आफूँ हुँदाहुँदै उपमहासचिव विष्णु पौडेललाई सचिवालयको महासचिव बनाउनु पोखरेलका लागि “राजनीतिक ब्रेक“ भने जस्तै भएको छ । यता,रावल भने एमालेका सक्रिय र प्रभावशाली उपाध्यक्ष थिए । अहिले उनको भूमिका पनि अन्योलमै रहेको छ ।  अध्यक्ष खनाल र रावलको असन्तुष्टी सार्वजनिक भइसकेको छ ।


खनाल र रावलले त पार्टीभित्र आफ्नो कुरा राखिसकेका छन् । तत्काल पार्टीले उनीहरुको असन्तुष्टी सम्बोधन गर्ने सम्भावन पनि देखिएको छैन । यसले नवगठित पार्टी भित्र गुटगत राजनीतिको बिजारोपण गरेको छ । खनालले त अबका दिनमा अध्यक्ष मध्येका एक प्रचण्डलाई सहयोग गर्ने बताइसकेका छन् ।


आफूलाई पार्टी एकताबारेसमेत जानकारी नदिइएको भन्दै केपी ओली र माधवकुमार नेपालसँग असन्तुष्ट रहेका खनालले आगामी महाधिवेशनमा प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनमा भूमिका खेल्ने संकेत दिइसकेका छन् । खनालसँगै रावल र पोखरेललगायत अन्य असन्तुष्ट पक्षले मोर्चाबन्दी गरेको खण्डमा एकता महाधिवेशनमा नेपाल र ओलीभन्दा असन्तुष्ट पक्ष बलियो बन्न सक्ने देखिन्छ । खनाल र रावलले आफ्नो असन्तुष्टी व्यक्त गरेपछि अध्यक्षद्धय ओली र प्रचण्ड समस्यामा परेका छन् ।

यही विवादका कारण  अध्यक्ष प्रचण्डको दौडधुप बढेको छ । पार्टीभित्रको समस्या समाधानका लागि बेलाबेलामा विभिन्न ठूला उद्योगिको सहयोग लिने गरेका प्रचण्ड सोमबार विहान मिडिया तथा हवाइ उद्यमी क्याप्टेन रामेश्वर थापाको घर पुगेका थिए । अन्नपुर्ण पोष्टका अध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी ओली र प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको छ । एकता भएको चर्चा सेलाउन नपाउँदै विवाद र मोर्चाबन्दी देखिएपछि प्रचण्ड र ओली दुवै तनावमा पर्नु स्वभाविक हो ।


दुई बाम एकीकरण भएको व्यवसायीहरुको घरमा लञ्च र डिनर गर्ने गरेको भन्दै प्रचण्ड र ओलीको कार्यकर्ता र सञ्चार क्षेत्रमा चर्को आलोचना भइरहेका बेला प्रचण्ड फेरी अर्का व्यवसायी थापाको घरमा एक बिहानै पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको हो ।
दुई ठूला दल एक हुँदा तल्लो तहका कार्यकर्ता मिलाउन समस्या पर्ने आँकलन भइरहेका बेला केन्द्रमै हलो अड्किएकोमा नेता कार्यकर्ता चिन्तामा परेका छन् ।


कतिपयले त खनालको नेतृत्वमा नेकपा फुट्नेसम्मको आँकलन गरेका छन् ।   के चौंथो नम्बरका खनाल समुहले पार्टी फुटाउन सक्लान् ? जनमानसमा चासो बढेको छ ।  तर अहिले नै पार्टी फुट्ने आँकलन गर्नु हतार हुन सक्छ ,खनाल निकट नेताहरुको ठहर छ ।
यस्ता छन् खनालका कुरा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय कार्यालयको पहिलो सचिवालय बैठकमा खनालले वरियता मिचिएकोमा खेद प्रकट गरे ।

अध्यक्षद्वय ओली र प्रचण्ड भने चुप बसे । आफु चाइना जान लागेको बताउदाँ अध्यक्ष केपी ओलीले एकता बारे केहि नबताएकोमा निकै आक्रोस भएका थिए । यस अघि राष्ट्रपतिका लागि चर्चामा आएका खनाल एकाएक ब्याक हुन परेको थियो । ओलीकै सक्रियतामा आफु राष्ट्रपति हुन नपाएको रोष पनि उनीसँग कायमै रहेको छ ।


नेकपाको वरियतामा खनाल चौंथो नम्बरमा छन् । यसअघि उनी एमालेमा दोस्रो नम्बरमा थिए । नेपाल कम्युनिष्ट पार्टीको मर्यादा क्रम अनुसार चौंथो नम्बरमा रहेका खनाल समुहले पार्टी फुटाउन सक्लान ? राजनीतिक वृतमा बहस हुने क्रम बढेको छ ।  

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने